समाचार एनसेलको एनप्याब्सन र प्याब्सनसँग सहकार्य : अनलाइन कक्षाका लागि...

एनसेलको एनप्याब्सन र प्याब्सनसँग सहकार्य : अनलाइन कक्षाका लागि विशेष मासिक योजना « News24 : Premium News Channel

-

- Advertisment -




काठमाडौं, १८ साउन । एनसेल प्राइभेट लिमिटेडले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) र निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) सँगको सहकार्यमा कोरोनाभाइरस महामारीका कारण विद्यालयहरु बन्द भई अध्ययन अध्यापनमा असर परिरहेको अवस्थामा अनलाइन कक्षा तथा सिकाइका लागि आकर्षक मासिक योजना ल्याएको छ ।

एनसेलले यस योजना अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीका आधारमा ल्याएको हो । यस सहकार्यले विद्यार्थी, शिक्षक/शिक्षिका र विद्यालयलाई मोबाइल ब्रोडव्याण्डमा पहुँच सुनिश्चित गर्ने उद्देश्य लिएको छ ।

यस मासिक योजनामा विद्यार्थी तथा शिक्षक/शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा प्राप्त गर्दछन् । विद्यार्थीले कर बाहेक मासिक रु २५० मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जीबी डेटा, १ जीबी थ्रिजी/फोरजी डेटा, २ जीबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्ने जनाएका जनाइएको छ ।

एनप्याब्सन र प्याब्सनसँगको सहकार्यका बारेमा आफ्नो धारणा राख्दै एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, “कोभिड–१९ ले शिक्षा क्षेत्र लगायत सबै क्षेत्रमा असर पारेको छ । साथै अध्ययन अध्यापनमा इन्टरनेट प्रविधिको प्रयोग बढेको छ ।

हामी सबै विस्तारै अबको ‘न्यू नर्मल’ सँग अभ्यस्त भइरहेका बेलामा दूरशिक्षा आवश्यकता बनेको छ र यसले प्रविधि र अनलाइन शिक्षाको महत्व स्पष्ट रुपमा दर्शाएको छ । देशको शिक्षा क्षेत्रमा डिजिटाइजेसन र इ–लर्निङमा योगदान पुर्याउनका लागि एनप्याब्सन र प्याब्सनसँग सहकार्य गर्ने अवसर पाएकोमा हामी हर्षित छौं ।”

एनप्याब्सन र प्याब्सन दुवै संस्थाले यो सहकार्यले विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट इ–लर्निङमा सहयोग पुर्याउने बताएका छन् ।





Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest news

देशभर २ सय ३३ संक्रमित निको भए, कुल १५ हजार ३ सय ८९ घर फर्किए « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ३३...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुग्यो : स्वास्थ्य मन्त्रालय « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । मोरङमा २ जना,...

भारतको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी, ८ जनाको मृत्यु « News24 : Premium News Channel

एजेन्सी, २२ साउन । भारतको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी भएको छ ।आगलागीमा परि ८ जना...

काठमाडौं उपत्यकामा ८७ संक्रमित थपिए, उपत्यका संक्रमणको उच्च जोखिममा : स्वास्थ्य मन्त्रालय « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८७ संक्रमित फेला परेका छन् । हरेक दिन...

लेबनान विस्फोट : १३५ को मृत्यु, चार हजार भन्दा बढी घाइते « News24 : Premium News Channel

एजेन्सी, २२ साउन । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या...

बाढीले बगायो बेँसीशहर–चामे सडक, भाप्राखोलामाथि राखिएको ह्युमपाइप पनि बगायो « News24 : Premium News Channel

लमजुङ, २२ साउन । पहाडी र हिमाली जिल्ला जोड्ने बेँसीशहर चामे सडक बाढीले बगाएको छ । बुधबार साँझदेखि...

Must read

- Advertisement -

You might also likeRELATED
Recommended to you