समाचार नेकपा अध्यक्षद्वयबीच म्याराथन वार्ता, आ–आफ्नै अडान कायम « News24...

नेकपा अध्यक्षद्वयबीच म्याराथन वार्ता, आ–आफ्नै अडान कायम « News24 : Premium News Channel

-

- Advertisment -




काठमाडौं, १८ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच करिब तीन घण्टा छलफल भएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त छलफलमा अध्यक्षद्वय ओली र दाहालले आ–आफ्ना अडान कायम राखेकाले ठोस सहमति नभएको जानकारी गराइएको छ ।

ठोस सहमति नभएका कारण सोमबार पुनः छलफलमा बस्ने जानकारी गराइएको छ । वरिष्ठ नेता झलनाथ खनाललाई लिएर अर्का दाहाल बालुवाटार पुग्नुभएको थियो । त्यस्तै, अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले संसदीय दलका उपनेता सुवास नेम्वालाई सहभागी गराउनुभएको थियो ।

यही साउन १३ को अध्यक्ष एवं प्रधानमन्त्री ओलीले एकपक्षीय रुपमा बैठक स्थगन गर्नुभएको थियो तर, अर्का अध्यक्ष दाहालले आफ्नो अध्यक्षमा बहुमत सदस्यहरुसहित स्थायी कमिटी बैठक राख्नुभएको थियो ।

दाहालको अध्यक्षमा बसेको उक्त बैठकले अर्का अध्यक्ष ओलीसँग सम्वाद गरी बैठकको नयाँ मिति तय गर्ने जिम्मा दाहाललाई दिएको थियो । यसै विषयमा अध्यक्ष दाहालले महासचिव बिष्णु पौडेलललाई बोलाएर सहमतिका केही विकल्पहरु समेत अघि सार्नुभएको थियो ।





Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest news

साउन २५ देखि लागू हुने गरी बर्दियामा ५ दिने निषेधाज्ञा जारी « News24 : Premium News Channel

ज्योतिकुमार पन्थी गुलरिया, २२ साउन । पछिल्लो समय देशभर कोरोना संक्रमण समुदायस्तरमै देखिन थालेपछि संक्रमणको प्रभाव बढ्न नदिन...

नेप्सेमा सामान्य गिरावट – Dcnepal

काठमाडाैं । धितोपत्र बजारमा आज नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२९...

ओम अस्पतालमा ज्यान गुमाएकी एक वृद्धामा कोरोना देखियो « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । काठमाडौंको चाबाहिलस्थित ओम अस्पतालमा मृत्यु भएको एक जनामा कोरोना पुष्टि भएको छ ।धनुषाको...

सरकार लकडाउन नगर्ने सोँचमा, लामो दूरीको बस सेवा र हवाई उडान भदौ १ देखि नखुल्ने « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । सूचना तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले तत्काललाई विगतको जस्तो मुलुकभर लकडाउन नहुने बताउनुभएको...

देशभर २ सय ३३ संक्रमित निको भए, कुल १५ हजार ३ सय ८९ घर फर्किए « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ३३...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुग्यो : स्वास्थ्य मन्त्रालय « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । मोरङमा २ जना,...

Must read

साउन २५ देखि लागू हुने गरी बर्दियामा ५ दिने निषेधाज्ञा जारी « News24 : Premium News Channel

ज्योतिकुमार पन्थी गुलरिया, २२ साउन । पछिल्लो समय...

नेप्सेमा सामान्य गिरावट – Dcnepal

काठमाडाैं । धितोपत्र बजारमा आज नेप्से परिसूचकमा सामान्य...
- Advertisement -

You might also likeRELATED
Recommended to you