समाचार ओली-प्रचण्डबीच बालुवाटारमा छलफल जारी, बरिष्ठ नेता खनाल र उपनेता...

ओली-प्रचण्डबीच बालुवाटारमा छलफल जारी, बरिष्ठ नेता खनाल र उपनेता नेम्वाङ पनि सहभागी « News24 : Premium News Channel

-

- Advertisment -




काठमाडौं, १८ साउन । झण्डै एकसाता संवादविहीन बस्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा जारी रहेको छ । गत साउन १३ गते बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले एकतर्फ निर्णय गर्दै स्थगित गरेपछि दुई अध्यक्षबीच भेटवार्ता हुन सकेको थिएन ।

त्यसकाे ६ दिनपछि आज अध्यक्ष प्रचण्ड झलनाथ खनाललाई साथै लिएर बैठकका लागि प्रधानमन्त्री निवास बालुवाटार जानुभएको हो । बालुवाटारमा संसदीय दलका उपनेता सुवास नेम्बाङ पनि सहभागी हुनुभएकाे भएको बताइएको छ ।

१३ गते ओली पक्षका स्थायी कमिटी बैठक स्थल बालुवाटारमा भेला नभएपछि बहुमत पक्षधर मानिएका प्रचण्डसहित माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु बैठकमा बसेका थिए ।

असार १० गतेबाट सुरु भएको (नेकपा)को स्थायी कमिटी बैठक ओली प्रचण्डको असमझदारीका कारण पटक पटक स्थगित हुँदै आएको छ । ओली एक्लैसँग वार्ता गर्दा धोका पाएपछि आइतबार पार्टीका बरिष्ठ नेता खनाललाई पनि लिएर जानुभएको बुझाइ छ । केहीदिन अघि दूई अध्यक्षबीच छलफल गराउन महासचिव विष्णु पौडेलले खुमलटार र बालुवाटार गएर पहल गरेका थिए ।

सरकार पार्टी संचालनमा ओली असफल भइसकेको भन्दै अध्यक्ष प्रचण्ड र बरिष्ठ नेताहरुले दुवै पदबाट राजीनामा माग्दै आउनु भएको छ । तर प्रधानमन्त्री ओली भने त्यसलाई प्रतिबाद गर्दै आफ्नो पक्षामा बहुमत पुर्याउने कसरतमा हुनुहुन्छ ।





Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest news

साउन २५ देखि लागू हुने गरी बर्दियामा ५ दिने निषेधाज्ञा जारी « News24 : Premium News Channel

ज्योतिकुमार पन्थी गुलरिया, २२ साउन । पछिल्लो समय देशभर कोरोना संक्रमण समुदायस्तरमै देखिन थालेपछि संक्रमणको प्रभाव बढ्न नदिन...

नेप्सेमा सामान्य गिरावट – Dcnepal

काठमाडाैं । धितोपत्र बजारमा आज नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२९...

ओम अस्पतालमा ज्यान गुमाएकी एक वृद्धामा कोरोना देखियो « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । काठमाडौंको चाबाहिलस्थित ओम अस्पतालमा मृत्यु भएको एक जनामा कोरोना पुष्टि भएको छ ।धनुषाको...

सरकार लकडाउन नगर्ने सोँचमा, लामो दूरीको बस सेवा र हवाई उडान भदौ १ देखि नखुल्ने « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । सूचना तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले तत्काललाई विगतको जस्तो मुलुकभर लकडाउन नहुने बताउनुभएको...

देशभर २ सय ३३ संक्रमित निको भए, कुल १५ हजार ३ सय ८९ घर फर्किए « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ३३...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुग्यो : स्वास्थ्य मन्त्रालय « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । मोरङमा २ जना,...

Must read

साउन २५ देखि लागू हुने गरी बर्दियामा ५ दिने निषेधाज्ञा जारी « News24 : Premium News Channel

ज्योतिकुमार पन्थी गुलरिया, २२ साउन । पछिल्लो समय...

नेप्सेमा सामान्य गिरावट – Dcnepal

काठमाडाैं । धितोपत्र बजारमा आज नेप्से परिसूचकमा सामान्य...
- Advertisement -

You might also likeRELATED
Recommended to you