समाचार नारायणी बायोधा अस्पतालमा दोस्रो संक्रमित महिलाको पनि मृत्यु «...

नारायणी बायोधा अस्पतालमा दोस्रो संक्रमित महिलाको पनि मृत्यु « News24 : Premium News Channel

-

- Advertisment -




  • हरिशंकर शर्मा,

वीरगञ्ज (पर्सा), १७ साउन । वीरगञ्ज गण्डकस्थित नारायणी बायोधा अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ६८ वर्षीया संक्रमित महिलाको पनि मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पतालका इन्चार्ज डा.निरज सिंहले जानकारी दिए ।

निमोनिया पीडित उक्त महिला यही साउन १४ गते नारायणी बायोधा अस्पतालमा भर्ना भएकी थिइन् । तर, उपचारको क्रममा साउन १७ गते (आज, शनिबार) साँझ ६ बजे उनको मृत्यु भएको हो ।

उपचारकै क्रममा कोरोनाको लक्षण देखिएपछि साउन १५ गते उनको स्वाब संकलन गरी नारायणी अस्पतालको ल्याबमा परीक्षण गर्दा साउन १६ गते (हिजो) उक्त महिलामा कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारको लागि उनलाई नारायणी अस्थायी कोभिड अस्पतालमा रेफर गरिएको थियो ।

तर, कोरोना अस्पताल पु¥याउँदा उनको मृत्यु भइसकेको कोभिड अस्पतालका इन्चार्ज सिंहले जानकारी दिए । मृतक महिलाको शव दाहसंस्कारको लागि नेपाली सेनाको जिम्मा लगाउने कार्य भइरहेको बताइएको छ ।

शुक्रबार राति सोही अस्पतालमा उपचाररत ५० बर्षीया संक्रमित एक महिलाको पनि मृत्यु भएको थियो ।





Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest news

ओम अस्पतालमा ज्यान गुमाएकी एक वृद्धामा कोरोना देखियो « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । काठमाडौंको चाबाहिलस्थित ओम अस्पतालमा मृत्यु भएको एक जनामा कोरोना पुष्टि भएको छ ।धनुषाको...

सरकार लकडाउन नगर्ने सोँचमा, लामो दूरीको बस सेवा र हवाई उडान भदौ १ देखि नखुल्ने « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । सूचना तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले तत्काललाई विगतको जस्तो मुलुकभर लकडाउन नहुने बताउनुभएको...

देशभर २ सय ३३ संक्रमित निको भए, कुल १५ हजार ३ सय ८९ घर फर्किए « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ३३...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुग्यो : स्वास्थ्य मन्त्रालय « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । मोरङमा २ जना,...

भारतको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी, ८ जनाको मृत्यु « News24 : Premium News Channel

एजेन्सी, २२ साउन । भारतको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी भएको छ ।आगलागीमा परि ८ जना...

काठमाडौं उपत्यकामा ८७ संक्रमित थपिए, उपत्यका संक्रमणको उच्च जोखिममा : स्वास्थ्य मन्त्रालय « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८७ संक्रमित फेला परेका छन् । हरेक दिन...

Must read

- Advertisement -

You might also likeRELATED
Recommended to you