समाचार कोरोनाको उच्च जोखिममा बझाङ, ४ दिनमा ९५ जनामा कोरोना...

कोरोनाको उच्च जोखिममा बझाङ, ४ दिनमा ९५ जनामा कोरोना संक्रमण पुष्टि « News24 : Premium News Channel

-

- Advertisment -




  • रिदम सिंह,

बझाङ, १७ साउन । पीसीआर परीक्षणको दायरा बढेसँगै बझाङमा कोरोना भाइरस संक्रमितको संख्या पनि बढ्दै गएको छ । शनिबार एकै दिन ६६ जनामा कोरोना संक्रमण देखिएको छ ।

क्वारेन्टाइनबाट घर पठाइएकामध्ये धेरै जनामा संक्रमण पुष्टि भएसँगै समुदायमा संक्रमण फैलिएको आशंका व्यक्त हुन थालेका छन् । केदारस्युँ गाउँपालिकामा मात्रै शुक्रबार २५ जना र शनिबार ४१ जना गरी ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरू वडा नम्बर ६ र ७ का बासिन्दा भएका र उनीहरू सबै भारतको बैंग्लोरबाट नेपाल फर्किएका गाउँपालिकाले जनाएको छ ।

गाँउ फर्किएका उनीहरुलाई पुनः क्वारेन्टाइन र आइसोलेसनमा राख्न तयारी भइरहेको गाउँपालिका अध्यक्ष इन्द्र बहादुर भण्डारीले बताए । संक्रमितहरू थापागाउँ, भाटसैन, भामचौर, काँडाचौर र जसुडालगायत गाउँका स्थानीय रहेका केदारस्युँ गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहराले बताए ।

उनीहरूलाई ८ देखि १२ दिन गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा राखिएपछि होम क्वारेन्टाइनमा बस्न भनेर गाउँपालिकाले नै घर पठाएको थियो । यद्यपि, घर गएका उनीहरू होम–क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने नियमहरूलाई बेवास्ता गर्दै सामान्य मानिस झैँ समुदायमा घुलमिल भइसकेका स्थानीयले बताएका छन् ।

शनिबार केदारस्युँ गाउँपालिका–६ र ७ कै ४१ जना, मष्टा गाउँपालिकाका ३ जना, जयपृथ्वी नगरपालिकाका ६ जना, थलारा गाँउपालिकाका १० जना, दुर्गाथलीका ३ जना, र छबिसपाथिभेरा गाँउपालिकाका ३ जना गरी ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २३ जना र जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार मात्रै बझाङका २७ जनामा संक्रमण पुष्टि भएको थियो ।

हालसम्म जिल्लामा संक्रमितको संख्या १९१ जना पुरुष र ७४ जना महिला गरी कुल २६५ पुगेको छ । जसमध्ये १ सय ६६ जना भने डिस्चार्ज भएर घर फर्किसकेका छन् ।

दुई वटा वडा सिल,

केदारस्यूँ गाउँपालिकाका २ वडामा २ दिनको अवधिमा ६६ जनामा संक्रमण देखिएपछि उक्त वडाहरू सिल गरिएको छ । गाउँपालिकाभर लकडाउन जारी गरिएको छ । केदारस्युँ गाउँपालिकाको ६ र ७ नम्बर वडाका ६६ जना संक्रमितहरु १ साता अगाडि मात्रै घर पठाइएको थियो ।

आइतबारदेखि लागू हुने गरी गाउँपालिकाको ६ र ७ का थापागाउँ, भाटसैन, भामचौर, काँडाचौर र जसुडा लगायतका गाउँलाई सिल गरिएको हो ।





Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest news

देशभर २ सय ३३ संक्रमित निको भए, कुल १५ हजार ३ सय ८९ घर फर्किए « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ३३...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुग्यो : स्वास्थ्य मन्त्रालय « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । मोरङमा २ जना,...

भारतको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी, ८ जनाको मृत्यु « News24 : Premium News Channel

एजेन्सी, २२ साउन । भारतको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी भएको छ ।आगलागीमा परि ८ जना...

काठमाडौं उपत्यकामा ८७ संक्रमित थपिए, उपत्यका संक्रमणको उच्च जोखिममा : स्वास्थ्य मन्त्रालय « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८७ संक्रमित फेला परेका छन् । हरेक दिन...

लेबनान विस्फोट : १३५ को मृत्यु, चार हजार भन्दा बढी घाइते « News24 : Premium News Channel

एजेन्सी, २२ साउन । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या...

बाढीले बगायो बेँसीशहर–चामे सडक, भाप्राखोलामाथि राखिएको ह्युमपाइप पनि बगायो « News24 : Premium News Channel

लमजुङ, २२ साउन । पहाडी र हिमाली जिल्ला जोड्ने बेँसीशहर चामे सडक बाढीले बगाएको छ । बुधबार साँझदेखि...

Must read

- Advertisement -

You might also likeRELATED
Recommended to you