विश्व टोकियोमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थाल्यो « News24 :...

टोकियोमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थाल्यो « News24 : Premium News Channel

-

- Advertisment -




एजेन्सी, १७ साउन । टोकियोमा शनिबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा सामान्य वृद्धि हुन थालेपछि नियन्त्रणका लागि सरकारले अनावश्यक हिडडुल नगर्न शहरवासीहरूलाई आग्रह गरेको छ । शनिबार टोकियोमा मात्र ४७२ जनामा सङ्क्रमण पुष्टि भएको क्योदो न्यूज एजेन्सीले स्वास्थ अधिकारीहरूलाई उद्धृत गरी लेखेको छ ।जापानी सञ्चारमाध्यमहरूका अनुसार राजधानी टोकियोमा सङ्क्रमितको सङ्ख्यामा दैनिक सामान्य वृद्धि हुन थालेको छ । टोकियोमा अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि देखिएको छ । टोकियोमा बिहीबार सङ्क्रमितको सङ्ख्या ३६७ रहेको थियो भने शुक्रबार सङ्क्रमितको सङ्ख्या ४६३ पुगेको थियो ।

अहिलेसम्म जापानमा कोभिड–१९ बाट कूल सङ्क्रमितको सङ्ख्या ३४ हजार ३७२ पुगेको छ भने एक हजार छ सङ्क्रमितको मृत्यु भइसकेको छ । टोकियोमा सङ्क्रमितको सङ्ख्या १२ हजार ६९१ पुगेको छ भने ३३२ को मृत्यु भएको छ । टोकियोमा सङ्क्रमण देखिएपछि अहिलेसम्ममा झण्डै ५० प्रतिशत व्यक्ति जुलाई महिनामा मात्रै सङ्क्रमित भएका जापानको स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ ।

टोकियो र आसपासका क्षेत्रमा अनावश्यक रूपमा घरबाट ननिस्कन र बार तथा रेष्टुरेन्टमा नजान सरकारले आग्रह गरेको छ । यद्यपि सरकारले नियन्त्रणका लागि पहिले गरेजस्तो स्वास्थ्य सङ्कटकालीन अवस्थाको घोषणा तत्काल गरिहाल्ने सम्भावना नरहेको अधिकारीहरूले बताएका छन् ।





Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest news

सरकार लकडाउन नगर्ने सोँचमा, लामो दूरीको बस सेवा र हवाई उडान भदौ १ देखि नखुल्ने « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । सूचना तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले तत्काललाई विगतको जस्तो मुलुकभर लकडाउन नहुने बताउनुभएको...

देशभर २ सय ३३ संक्रमित निको भए, कुल १५ हजार ३ सय ८९ घर फर्किए « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ३३...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुग्यो : स्वास्थ्य मन्त्रालय « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । मोरङमा २ जना,...

भारतको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी, ८ जनाको मृत्यु « News24 : Premium News Channel

एजेन्सी, २२ साउन । भारतको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी भएको छ ।आगलागीमा परि ८ जना...

काठमाडौं उपत्यकामा ८७ संक्रमित थपिए, उपत्यका संक्रमणको उच्च जोखिममा : स्वास्थ्य मन्त्रालय « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८७ संक्रमित फेला परेका छन् । हरेक दिन...

लेबनान विस्फोट : १३५ को मृत्यु, चार हजार भन्दा बढी घाइते « News24 : Premium News Channel

एजेन्सी, २२ साउन । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या...

Must read

- Advertisement -

You might also likeRELATED
Recommended to you