समाचार विभिन्न मुलुकमा अलपत्र परेका एक हजार १४ नेपाली स्वदेश...

विभिन्न मुलुकमा अलपत्र परेका एक हजार १४ नेपाली स्वदेश फिर्ता, आइतबार १३ वटा चार्टर्ड उडान हुने « News24 : Premium News Channel

-

- Advertisment -




काठमाडौं, १७ साउन । विभिन्न मुलुकमा अलपत्र एक हजार १४ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ को जोखिमका कारण विदेशमा अलपत्र परेका उनीहरु विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी ११ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् ।यी उडानबाट दुई शव पनि नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सले दुबईबाट २६५ यात्रु र दुई बच्चा नेपाल ल्याएको छ । सोही एयरलाइन्सले कुवेतबाट १४९ यात्रु र एक बच्चा तथा दुबईबाट रियादबाट २५८ यात्रु र दुई शव नेपाल ल्याएको छ । थप नेपालीको उद्धार उडानका लागि नेपाल एयरलाइन्सका जहाज क्वालालम्पुर र दोहा उडेको विमानस्थल कार्यालयले जनाएको छ ।

हिमालय एयरलाइन्सले अबुधाबीबाट १४३ यात्रु र तीन बच्चा तथा दोहाबाट १५३ यात्रु काठमाडौँ ल्याएको छ । त्यस्तै इतिहाद एयरवेजले अबुधाबीबाट १३६ यात्रु र एक बच्चा नेपाल ल्याएको छ । एयर अरेबियाले सारजाहाबाट १६८ यात्रु र एक बच्चा नेपाल ल्याएको विमानस्थलले विज्ञप्ति मार्फत जनाएको छ ।

आइतबार पनि विभिन्न एयरलाइन्सका १३ वटा चार्टर्ड उडान गर्ने विमानस्थलको तालिका छ । आन्तरिकतर्फ छ वटा चार्टर्ड उडान भएका छन् । सीता एयरले सुर्खेत तथा मनाङ, सिम्रिक, एयर डाइनेष्टि र कैलाश एयरका हेलीकोप्टरले विभिन्न गन्तव्यमा उडान गरेको विमानस्थलले जनाएको छ ।





Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest news

सरकार लकडाउन नगर्ने सोँचमा, लामो दूरीको बस सेवा र हवाई उडान भदौ १ देखि नखुल्ने « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । सूचना तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले तत्काललाई विगतको जस्तो मुलुकभर लकडाउन नहुने बताउनुभएको...

देशभर २ सय ३३ संक्रमित निको भए, कुल १५ हजार ३ सय ८९ घर फर्किए « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ३३...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुग्यो : स्वास्थ्य मन्त्रालय « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । मोरङमा २ जना,...

भारतको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी, ८ जनाको मृत्यु « News24 : Premium News Channel

एजेन्सी, २२ साउन । भारतको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी भएको छ ।आगलागीमा परि ८ जना...

काठमाडौं उपत्यकामा ८७ संक्रमित थपिए, उपत्यका संक्रमणको उच्च जोखिममा : स्वास्थ्य मन्त्रालय « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८७ संक्रमित फेला परेका छन् । हरेक दिन...

लेबनान विस्फोट : १३५ को मृत्यु, चार हजार भन्दा बढी घाइते « News24 : Premium News Channel

एजेन्सी, २२ साउन । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या...

Must read

- Advertisement -

You might also likeRELATED
Recommended to you