समाचार सीमा नाघेर लुकिछिपी आउनेले तराईमा कोरोना भित्र्याउदै, चोरबाटोमा प्रहरीले...

सीमा नाघेर लुकिछिपी आउनेले तराईमा कोरोना भित्र्याउदै, चोरबाटोमा प्रहरीले निगरानी बढायो « News24 : Premium News Channel

-

- Advertisment -




प्रकाशित मिति :
Aug 01, 2020

  • तारा आचार्य

विराटनगर १७ साउन । नेपाल भारतविचको सीमा नाका सिल गरिएको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिए पछि सुरक्षाको लागि सीमा नाका लक छ । तर खुल्ला सीमानाको फाइदा उठाउदै चोरबाटोबाट मानिसहरु भने आवत जावत गरिरहेका छन् ।विराटनगर स्थित जोगवनी नाका बन्द भए पछि भारत तर्फबाट अनेक बाहाना बनाए मानिसहरु चोरबाटो हुदैं नेपाल प्रवेश गर्ने र नेपालबाट भारत गइरहेका छन् । उनीहरु मुख्य नाका भएर प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले लुकिछिपी आउने गरेका हुन ।दश गजामा पानी जमेको भए पनि सामान ल्याउने र सुरक्षाकर्मीको आखाँ छलेर आउने गरेको सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् । सुरक्षाकर्मीहरुको आखाँ छलेर आउनेहरुका कारण समुदायमा संक्रमित भेटिन थालेका छन् । सीमामा जतिनै कडाइ गरे पनि चोरबाटो हुदै आउनेहरुले सुरक्षाकर्मीहरुलाई नै हैरान बनाएको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु बताउछन् ।यसरी चोरवाटो हुदै आउनेहरुलाई मोरङ प्रहरीले कडाई गर्ने गरेको बताएको छ । भारततिरबाट आउनेहरुलाई उतै फर्काउने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनु भयो । उहाँले लुकिछिपी चोरबाटो हुदै भित्रनेहरुलाई उतै फर्काइदिने गरेको र कसैलाई पनि प्रबेश गर्न नदिएको बताउनु भयो ।लुकिछिपी आउदा समुदायमा कोरोना संक्रमण फैलिन सक्ने भएकाले खुल्ला सीमामा कडाई गरिएको उपरीक्षक खड्काले जानकारी दिनु भयो । उहाँले चोरबाटो हुदैं लेवर गर्न आउनेहरु प्mयाक्ट्रीमा काम गर्न आउनेहरु भएको उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

 

 

बिहीबार रातिदेखि विराटनगर महानगरपालिकाले लकडाउन गरेको भए पनि खुल्ला सीमा भएर चोरबाटो हुदै लुकिछिपी नेपाल भारत तर्फ भने आवत जावत भइरहेको पाइन्छ । विराटनगरमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि संक्रमण नियन्त्रण गर्नको लागि लकडाउन गरिएको छ । अत्यावश्यक वाहेकका सवै सेवाहरु बन्द छन् ।





Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest news

देशभर २ सय ३३ संक्रमित निको भए, कुल १५ हजार ३ सय ८९ घर फर्किए « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ३३...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुग्यो : स्वास्थ्य मन्त्रालय « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । मोरङमा २ जना,...

भारतको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी, ८ जनाको मृत्यु « News24 : Premium News Channel

एजेन्सी, २२ साउन । भारतको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी भएको छ ।आगलागीमा परि ८ जना...

काठमाडौं उपत्यकामा ८७ संक्रमित थपिए, उपत्यका संक्रमणको उच्च जोखिममा : स्वास्थ्य मन्त्रालय « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८७ संक्रमित फेला परेका छन् । हरेक दिन...

लेबनान विस्फोट : १३५ को मृत्यु, चार हजार भन्दा बढी घाइते « News24 : Premium News Channel

एजेन्सी, २२ साउन । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या...

बाढीले बगायो बेँसीशहर–चामे सडक, भाप्राखोलामाथि राखिएको ह्युमपाइप पनि बगायो « News24 : Premium News Channel

लमजुङ, २२ साउन । पहाडी र हिमाली जिल्ला जोड्ने बेँसीशहर चामे सडक बाढीले बगाएको छ । बुधबार साँझदेखि...

Must read

- Advertisement -

You might also likeRELATED
Recommended to you