अन्तर्राष्ट्रिय कोरोनाबाट १३ हजारको मृत्यु, संक्रमितको संख्या ३ लाख बढी...

कोरोनाबाट १३ हजारको मृत्यु, संक्रमितको संख्या ३ लाख बढी – Dcnepal

-

- Advertisment -


जेनेभा। महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबारसम्म विश्वभर १३ हजार ६९ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार विश्वभर तीन लाख ८ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन्।

सङ्क्रमित व्यक्तिमध्ये ९५ हजार ८२९ जना उपचारपछि घर फर्किएका छन् । चीनको हुबे प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ।

हाल कोरोनाभाइरसका कारण अत्यन्त भयावह अवस्थाको सामना गरिरहेको इटालीमा चार हजार ८२५ जनाको मृत्यु भइसकेको छ। बुढ्यौली जनसङ्ख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । शनिबार एकै दिन इटालीमा ७९३ जनाको मृत्यु भएको थियो। हाल ४२ हजार ६८१ जना सङ्क्रमित रहेको इटालीमा ६ हजार व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले शनिबार राति टेलिभिजनबाट सम्बोधन गर्दै अत्यावश्यक बाहेकका सबै कलकारखाना बन्द गर्न आदेश दिएका छन्। करिब ६ करोड जनसंख्या रहेको इटालीमा कोरोनाभाइरसका कारण अहिले युरोपमै सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

कोरोनाभाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २६१ जनाको मृत्यु भएको छ भने ८१ हजार जना सङ्क्रमित भएका थिए। तर चीनमा ७२ हजार ४४० जना निको भएका थिए।

चीनले अपनाएको उच्चतम सतर्कता, हुबे प्रान्तको राजधानी उहानसहित प्रान्तभर आवतजावतमा गरिएको प्रतिबन्ध, तत्काल उपचारसमेतका आपतकालीन व्यवस्थाले सङ्क्रमित व्यक्तिको मृत्युदर कम रहेको मानिएको छ।

मध्यपूर्वका राष्ट्रमध्ये इरानमा कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण एक हजार ५५६ व्यक्तिको मृत्यु भइसकेको छ भने ११ हजार ४१५ जना सङ्क्रमित रहेका छन् । सात हजार ६०० जना उपचारपछि घर फर्किएका बताइएको छ।

स्पेनमा कोरोनाभाइरसको सङ्क्रमणका कारण एक हजार ३८१ जनाको मृत्यु भएको छ । हाल २१ हजार ९९० जना सङ्क्रमित रहेका छन्। जर्मनीमा ८४ जनाको मृत्यु भएको छ भने २२ हजार सङ्क्रमित रहेका छन्।

संयुक्तराज्य अमेरिकामा ३४८ जनाको मृत्यु भएको छ । हाल अमेरिकामा २६ हजार सङ्क्रमित रहेका छन् भने १७८ जनाको उपचार गरिएको छ फ्रान्समा ५६२ जनाको मृत्यु भएको छ । हाल १२ हजार ३०० भन्दा बढी व्यक्ति सङ्क्रमित रहेका छन् । दक्षिण कोरियामा १०४ जनाको मृत्यु भइसकेको छ भने ५ हजार ८८४ जनामा अझै पनि सङ्क्रमण छ।

कोरोनाभाइरस सङ्क्रमणका कारण स्वीजरल्याण्डमा ८० जना, बेलायतमा २३३ जना, नेदरल्याण्ड्समा १३६ जना, बेल्जियममा ६७ जना र जापानमा ३६ जनाको मृत्यु भएको छ।

भारतमा हालसम्म कम्तीमा ३३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । छ जनाको मृत्यु भइसकेको भारतमा मोदी सरकारले आइतबार एक दिन “जनता कफ्र्यु” लागू गर्न र घरबाहिर ननिस्कन आह्वान गरेको छ।

दक्षिण एसियाली अन्य मुलुक श्रीलङ्कामा ७७, अफगानिस्तानमा २४, बङ्गलादेशमा २४, माल्दिभ्समा १३ र भुटानमा दुई जना सङ्क्रमित देखिएका छन्।

विश्वका ३५ देशमा महामारी रोकथामका लागि भन्दै “लकडाउन” घोषणा गरिएको छ। एक अनुमान अनुसार लकडाउनकै कारण विश्वभर एक अर्बभन्दा बढी मानिस घरभित्रै बस्न बाध्य भएका छन् उद्योग, व्यापार व्यवसाय र यात्राका कार्यक्रमहरु रोकिएका छन् भने धेरै मुलुकले आफ्ना सीमा बन्द गरेका छन्।

कोरानाभाइरसको त्रासका कारण अर्थव्यवस्थामा परेको असर कम गर्न सरकारहरुले अर्बौं डलरका आर्थिक राहतका कार्यक्रम घोषणा गरेका छन्।





Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest news

साउन २५ देखि लागू हुने गरी बर्दियामा ५ दिने निषेधाज्ञा जारी « News24 : Premium News Channel

ज्योतिकुमार पन्थी गुलरिया, २२ साउन । पछिल्लो समय देशभर कोरोना संक्रमण समुदायस्तरमै देखिन थालेपछि संक्रमणको प्रभाव बढ्न नदिन...

नेप्सेमा सामान्य गिरावट – Dcnepal

काठमाडाैं । धितोपत्र बजारमा आज नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२९...

ओम अस्पतालमा ज्यान गुमाएकी एक वृद्धामा कोरोना देखियो « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । काठमाडौंको चाबाहिलस्थित ओम अस्पतालमा मृत्यु भएको एक जनामा कोरोना पुष्टि भएको छ ।धनुषाको...

सरकार लकडाउन नगर्ने सोँचमा, लामो दूरीको बस सेवा र हवाई उडान भदौ १ देखि नखुल्ने « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । सूचना तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले तत्काललाई विगतको जस्तो मुलुकभर लकडाउन नहुने बताउनुभएको...

देशभर २ सय ३३ संक्रमित निको भए, कुल १५ हजार ३ सय ८९ घर फर्किए « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ३३...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुग्यो : स्वास्थ्य मन्त्रालय « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । मोरङमा २ जना,...

Must read

साउन २५ देखि लागू हुने गरी बर्दियामा ५ दिने निषेधाज्ञा जारी « News24 : Premium News Channel

ज्योतिकुमार पन्थी गुलरिया, २२ साउन । पछिल्लो समय...

नेप्सेमा सामान्य गिरावट – Dcnepal

काठमाडाैं । धितोपत्र बजारमा आज नेप्से परिसूचकमा सामान्य...
- Advertisement -

You might also likeRELATED
Recommended to you